अनु र कमल सर्वोत्कृष्ट खेलाडी


नेपाल समाचारपत्र
काठमाडौं
ष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट खेलाडीमा करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। दुवैले जनही १ लाख रुपियाँ हात पारे। एनएनआईपीएको आयोजना तथा ललितपुर वडा नं १६ को सहआयोजनामा भएको कार्यक्रममा २९ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको छ।

उत्कृष्ट खेलाडी घोषित हुनेमा आर्चरीका रमेश भट्टचन, एथ्लेटिक्सकी विश्वरूपा बुढा, ब्याडमिन्टनकी नङ्सल तामाङ, बास्केटबलका मनिषराज राजोपाध्याय, बक्सिङकी विमला श्रेष्ठ, फेन्सिङका जंगा गिरी, फुटबलकी सवित्रा भण्डारी छन्। गल्फका टंकबहादुर कार्की, ह्यान्डबलकी बन्दना राई, हक्कीका मनोज चौधरी, जुडोकी मनिता प्रधान श्रेष्ठ, कबड्डीका नागेश्वर थारु, करातेकी अनु अधिकारी, खोखोका सन्तोष बोहोरा, लनटेनिसका प्रणव खनाल घोषित भए।

यस्तै राष्ट्रिय तेक्वान्दोकी सुनिता तामाङ, सेपाकताक्रोका रूपेश सुनुवार, सुटिङकी सुस्मिता नेपाल, सफ्ट टेनिसका युकेश योञ्जन, स्क्वासकी भावना सुनुवार, पौडीकी गौरिका सिंह, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी अस्मिता खड्का, ट्रायथोलनका वसन्त थारु, भलिबलका इम रानामगर घोषित भए। भारोत्तोलनका कमलबहादुर अधिकारी, कुस्तीकी माया लाहोर, उसुका अमर सुनार उत्कृष्ट घोषित भए।

यसैगरी साइक्लिङका स्व. नारायणगोपाल महर्जनलाई पनि उत्कृष्ट खेलाडीबाट सम्मानित गरियो। उनकोे पुरस्कार उनकी आमालाई प्रदान गरिएको थियो। उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ प्राप्त गरे। गजराज आदर्श खेल व्यक्तित्वबाट भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक तथा संघका महासचिव पार्थ सारथी सेन गुप्ता र एनएनआईपीए खेलकुद पत्रकारिता पुरस्कारबाट निरञ्जन राजवंशी जनही २५ हजार रुपियाँसहित सम्मनित भएका छन्।