चार बर्ष सम्म अलपत्र पक्की पुल, पुल डिजायनमै त्रुटि हुदाँ काम प्रभावित

0
Shares

ललित सिंह, चैनपुर, बझाङ्ग ।
पहाडको भु—बनोट अनुसार पुलहरुको डिजायन स्टमेट नगरिदाँ बझाङ जिल्लाको सेती नदीमा र्निमाण गर्न थालीएका मोटरेबल पुलहरुको काम प्रभावित भएको छ । पुलको डिजायन अनुसार काम गर्न ठेकदारहरु लाई गाह्रो भएपछि एका तर्फ पुल र्निमाणको काम अलपत्र छ भने अर्को तर्फ सेतीपारीका जनताहरुको यातायात चाहना अन्योलमा छ ।

पिखेतको झनाना , चैनपुरको पानकोट र छान्नाको तमैलमा पक्की पुल र्निमाणका लागी ठेक्का भएको चार पाँच वर्ष वितिसक्दा पनि ठेकदार लाई पुलको डिजायन अनुसार काम गर्न गाह्रो परेको हुदाँ तिन वटै स्थानका पुलको काम अगाडी बढ्न सकेको छैन ।

ठेकदार कम्पनीहरु पुल र्निमाणका लागी साईडमा आएर काम सुरु गर्दा पुलका सपोट पिल्ललहरु पाईल स्टमवाट बनाउनु पर्ने भएका तर यस्तोखालको काम गर्न गाह्रो भएपछि यहाँ पुल र्निमाणको काम रोकिएको हो ।

ठेकदारहरुले यस्तो पहाडी क्षेत्रमा जमिन भित्र ठुलठुला रक हुने हुदाँ पाईल स्टमवाट पिल्ललर बनाउन गह्रँो भएको र यो डिजायन वाट पुल बन्न नसक्ने वताउदै आएका छन् ।

मोटरेबल तिनै वटा पक्की पुलहरुको नदी वारीपारी दुवै साईडमा सिमेन्ट ढलान पिल्लर बनाएका देखीन्छ भने अरु सवैकाम अधुरो छ । नदीको विच भागमा चार पाँच स्थानमा पाईल स्टमका पिल्ललर बनाउनु पर्ने डिजान स्टमेटमा छ तर त्यहाँ मेसिनलगाएर काम गर्दा जमिन मुनी ढुड्गै ढुड्गा लाग्ने भएकाले काम गर्न गाह्रो भएको तमैलमा पुल र्निमाणको ठेक्का लिएका ठेकदार एगेन्द्र कुँवरले वताए ।

उनले भने पाईल प्रविधिको पुल तराईका लागी सजिलो हो तर पहाडमा १८ । २० मिटर जमिन भित्र मेसिनले प्वाल पार्नु पर्ने हुदाँ ढुङ्गा लागेर काम गर्न सकिदैन ।
पटक पटक प्रयास गर्दा पनि यो डिजायन वाट प्वालै पार्ने नसकिएको उनले भने । यदि यस्तो डिजान नभएर खुला जग खनेर सिमेन्ट सरिया ढलान गर्ने डिजायन भएको भए आज सम्म हामी आधा काम गरि सक्ने पनि उनको भनाई छ ।

चार वर्ष अगाडी नेपाल सरकारको सडक विभाग वाट ठेक्का भएका पानकोट पक्की पुल , तमैल पुल र झनाना पक्की पुलको काम अहिले सम्म १० प्रतिशत मात्र भएको छ ।

तमैल जस्तै डिजायनको पुल र्निमाण गरिने झनानामा पनि त्यहाँका ठेकदार नवराज थापाले पाईलकै कारण काम अगाडी बढ्न नसकिएको वताएका छन् । उनले भने पटक पटक थुर्पै मेसिन ल्याए ईण्डिया वाट मिस्त्रीहरु समेत ल्याएर धेरै प्रयास गरियो तर चार पाँच मिटर भन्दा तल मेसिन जाँदैन । ढुङ्गा लाग्ने हुदाँ यो प्रविधि वाट पुल बनाउन गाह्रो छ ।

तमैल र झनानाको पुल जस्तै चैनपुर पानकोटको पक्की पुलको काम पनि यस्तै डिजायन गरेको हुदाँ ठेकदारले काम गर्न नसकेपछि पुनह डिजायन गरेर काम सुरु गराएको जिल्ला समन्वय समिति अन्तरगत जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर हरिशंकर जोशीले वताए ।

उनले भने पानकोट पुलको पाईल स्टमवाट पिल्लर बनाउने डिजायन हटाएर वरपर सिझै ओपन फोन्डेसन गरि ढलान गरेर माथी स्टिल ब्रिज राखीने भएपछि अव काम होला जस्तो छ । तमैल र झनाना पुलको पनि रिडिजायन नगरि काम होला जस्तो नभएको जोशीको भनाई छ ।

कन्सल्टेन्डहरुले यस्तो डिजायन गरेर ठेक्का हुदाँ ठेकदारहरुले पनि ठेक्का हाली हाल्य ईन्जिनियर जोशीले भने पाईल प्रविधि पहाडको लागी उपयुक्त डिजायन हैन जस्ले गर्दा ठेदारहरुले काम गर्न नसकेर तिनवटै स्थानका पुलको काम रोकिएको छ ।