विजय नेपाली, पोखरा ।
कास्की तथा आसपासका अन्य जिल्लाका विभिन्न व्यक्तिहरुलाई सादा पोशाकको प्रहरी ९ सिआइडी० भन्दै लाखौ रकम ठगि गर्दै आएका जीवन गुरुङ्गलाइ कास्की प्रहरिले काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीवाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको कर्मचारी समेत रहेको बताउदै विभिन्न व्यक्तिहरुबाट नगद तथा जिन्सी सामान असुल्दै काठमाण्डौ पुगेका जिवनलाइ गोगम्बु बसपार्कबाट कास्की प्रहरिले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र।स।नि। सन्तोष सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले लम्जुङ मर्स्याङदी गाँउपालिका १ घर भई पोखरा महानगरपालिका १५ काजिपोखरी बस्दै आएका २८ वर्षिय जिवन गुरुङलाइ पक्राउ गरेको हो ।
गुरुङ्गले पोखरा १० रामबजारको गुमान गुरुङलाई ७ लाख रुपैयाँ ठगी गरेको प्रहरीसँग बताए । स्याङ्जाका कुमबहादुर गुरुङसँग पनि जीवनले ठूलो रकम ठगेको आरोप छ । जीवनले गाडी खरिद गरिदिन्छु भन्दै २२ लाख रुपैयाँ लगेको कुमबहादुरले बताए । उनिहरु ठगी गरेको भन्दै बिहिवार उजुरी दिन जिप्रका आएका थिए । ५५ लाख मूल्य पर्ने गाडी सुरुमा २२ लाख रुपैयाँ लगेपछि गाडी सजावटका लागि भन्दै ४ लाख ५० हजार रुपैयाँ जीवनले लिएको पीडित कुमबहादुरको भनाइ छ । ‘गाडी किनिदिन्छु भनेपछि विश्वास गरेर रकम दिएँ । साउनमा गाडी किनिदिन्छु भनेर लगेको पैसा अहिलेसम्म फिर्ता गरेको छैन,’ कुमबहादुरले भने । कुमबहादुरलाई नयाँ गाडी चाहिएपछि जीवनको विश्वासमा आइएमईमार्फत पैसा पठाएका थिए ।
कुमबहादुरले पछिमात्रै थाहा पाए, जीवनबाट ठगिनेमा आफूमात्र एक्लो होइन भन्ने । जीवनलाई प्रहरीले पक्राउ गरेपछि बल्ल आफू ठगिएको कुमबहादुरले थाहा पाए ।
जीवनले होटल मन्त्रबाट ४ लाख, साइनो दोहोरीबाट १२ हजार रुपैयाँ ठगेको आरोप छ । प्रहरी हुँ भन्दै रबैया देखाएर दोहोरी साँझहरुमा पनि टन्न खाएर पैसा नतिरेको प्रहरीकोमा उजुरी परेको छ ।
अनुसन्धानको क्रममा जीवन २९ जना व्यक्तिहरुवाट ८१ लाख २५ हजार चार सय नौ रुपैया उठाएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रवक्ता गणेश सुवेदीले बताए । जिवनले डेढ वर्ष देखि विभिन्न व्यक्तिलाइ ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको सुबेदिले जानकारी दिए । ूकहिले जिल्ला प्रहरी कार्यालय कास्कीको सिआइडी र कहिले राष्ट्रिय अनुसन्धाको स्टार्फ भनि ठगि गर्ने गरेको रहेछ, त्यो वाहेक कसैलाई सरकारी जागीर लगाउने प्रलोभन देखाई त कसैलाई गाडीको व्यापार गर्ने भनि ठगि गरेको पाइयोू सुवेदिले भने ।
जिवनले पोखरा तथा काठमाण्डौवाट भाडामा कारहरु लिई प्रहरीको काममा हिडेको समेत भनी रकम असुली गर्दै आइरहेका छ्न ।











प्रतिक्रिया