ट्रिपरले दियो एकैपटक ४ ट्याक्सीलाई ठक्कर, एकको मृत्यु

0
Shares

काठमाडौँ ।
काठमाडौँ बाइपास चोकमा ट्रिपरले एकैपटक ४ ट्याक्सीलाई ठक्कर दिएको छ ।

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने घाइते भएकी छिन् । मृत्यु हुनेमा धादिङ धुनिबेशी– ४ का ५८ वर्षीय दल बहादुर विसुङ्खे रहेका छन् भने घाइतेमा उनकी ५७ वर्षीया श्रीमती सानुनानी विसुङ्खे रहेकी छिन् ।

आज विहान ५ बजे  धर्मस्थलीबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना ७ ख ७००५ नंम्बरको ट्रिपर दुर्घटना भएको हो ।

मृतक र घाइते दुवै बाइपास चोकमा चिया बेच्नेहरु रहेको खुल्न आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले बताउनुभयो ।
बोगटीमा अनुसार अहिले ट्रिपर चालकलाई नियन्त्रण लिइसकेको छ ।

बाेगटीले घाइतेकाे अवस्था भने अहिले सामान्य रहेको बताउनुभयाे ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।