३ महिनामै ३ हजार ८६ कार्टुन चिनियाँ मदिरा नष्ट

0
Shares

हुम्ला, (नेस)

जिल्ला प्रहरी कार्यालय हुम्लाले ३ महिनाको अवधिमा ३ हजार ८६ कार्टुन चिनियाँ मदिरा नष्ट गरेको खुलेको छ। सदरुमकाम सिमकोटमा जिल्ला प्रहरी कार्यालयले गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस्तो बताइएको छ।

हुम्लामा ३ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध चिनियाँ मदिरा (झिनगिन्टी) बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक हरिहर खड्काले जानकारी दिएका छन्।

हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित टाँकेनाका २ हजार ९ सय ८ कार्टुन चिनियाँ मदिरा र १ सय ६० कार्टुन सिमकोट गाउँपालिका–५ च्वाखोलाबाट भित्रिएको चिनियाँ मदिरा नष्ट गरेको प्रहरी निरीक्षक खड्काले बताए। २ पेटी ६७ बोतल क्यान बियर सदरमुकाम सिमकोटबाटै बरामद गरी नष्ट गरेको उनको भनाइ रहेको छ।

चंखेली गाउँपालिका–१ रिमी गाउँबाट ८ सय ७० लिटर घरेलु मदिरा ९जाँड० समेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। सिमकोट गाउँपालिकाको च्वाखोला नाका र चंखेली गाउँपालिकाको टाँके नाकाबाट भित्रिएको चिनियाँ अवैध मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लाले गाउँमा भित्रिने क्रममा बरामद गरी नष्ट गरेको छ।