मनाङ आठौंपटक लिग च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं
मनाङमस्र्याङ्दी क्लबले ११औं खेल पनि जितेपछि जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन बनेको छ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको संकटा क्लबविरुद्धको खेल मनाङले ३–१ गोलअन्तरले जितेको हो। योसँगै मनाङले लिगमा लगातार ११औं जित हात पार्नुका साथै उपाधि पनि रक्षा ग¥यो। यसअघि पछिल्लोपटक २०७० सालमा भएको लिगमा पनि मनाङ नै विजेता बनेको थियो। यो ५ वर्षको ग्यापमा लिग आयोजना भएको हो।

घरेलु लिगमा ८ पटक उपाधि जितेर मनाङले सबै टोलीलाई पछि पारेको छ। दोस्रो स्थानमा रहेको रानीपोखरी टीम ९आरसीटी०ले ६ पटक उपाधि जितेको छ। तर अहिले आरसीटी ‘बी’ डिभिजनमा रहेको छ। त्यस्तै मनाङले जारी लिगको पहिलो पुरस्कार ५० लाखको नगद हासिल गर्ने पक्का भयो। साथै टोली लिग च्याम्पियन भएपछि आगामी एएफसी कपमा प्रतिस्पर्धा गर्न पनि छनोट भएको छ।

मनाङको ८ उपाधि वर्ष
२०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५

मनाङलाई चुनौती दिँदै आएको संकटाको यो हारसँगै उपाधि जित्ने सम्भावना सकियो। अब संकटाले दोस्रो स्थान हात पार्न आगामी २ खेल जित्नै पर्ने दबाब परेको छ। संकटा ११औं चरणपछि २५ अंकमै अड्केको छ भने थ्री स्टार १० खेलमा २३ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

मनाङको तीनै गोलमा विशाल राईको भूमिका महŒवपूर्ण र≈यो। मनाङले पहिलो हाफको इन्जुरी समयमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। विशालको कर्नर प्रहारमा संकटाका गोलकिपर राजाबाबुले पन्च गर्दा रोशन पहारीलाई लाग्दै बलले गोलको दिशा लिएको थियो। यसपछि ८२औं मिनेटमा पुजन उपरकोटीले विशालकै कर्नरमा हेडमार्फत गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। ८७औं मिनेटमा विशालकै क्रसमा एडिलाजाको हेड गोलमा थप गोल गरेपछि मनाङ च्याम्पियन बन्यो। यद्यपि खेल सकिन एक मिनेटको समयमा संकटाका सेडरिक अबाले सान्त्वना गोल गरेका थिए।