पदमार्ग थप व्यावसायिक बनाउन जोड

0
Shares

काठमाडौं, (नेस)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान० लाई पदमार्गको थप व्यावसायिक र प्रभावकारी बनाउदै लैजानुपर्ने बताउनुभएको छ। बिहीबार टानको ४०औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग गर्न टानलाई प्रभावकारी पदयात्रा व्यवसाय सञ्चालन गर्न निर्देशन दिनु भएको छ।

पदयात्रा व्यवसायलाई प्रभावकारी र व्यवस्थित गर्न पदयात्री सूचना प्रणाली ९टिम्स० लाई व्यावहारिक बनाउनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो।
टानका अध्यक्ष नवराज दाहालले आफूले पदयात्रा व्यवसायलाई समय सापेक्ष व्यावसायिक बनाउँदै प्रभावकारी ढंगले सरकारले लिएको नेपाल भ्रमण वर्षलाई सफल बनाउन लागि परेको बताउनुभयो। उहाँले देश संघीयतामा गएसँगै पर्यटकको नाममा स्थानीय तहमा अव्यवस्थित कर असुल्ने परिपाटी विकास भएकोमा गुनासो गर्नु हुँदै सरकारको ध्यानकर्षण गराउनुभयो। कार्यक्रममा सुरज कुँवर र अर्जुन तामाङलगायतका सञ्चारकर्मीलाई पनि सम्मान गरिएको थियो।