धेरैपछि अर्बमाथिको कारोबार

0
Shares

काठमाडौं, (नेस)
अघिल्लो दिन उच्च अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार एक दशमलव शून्य आठ अंकले घटेर १ हजार २१५ दशमलव १६ विन्दुमा झरेको छ।

कुल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ रुपियाँमा खरिद–बिक्री भएको छ। अर्बभन्दा बढी कारोबार नेप्सेमा धेरै पछाडि भएको हो। शेयर बजार खस्किँदै जाँदा विगमा एक सातासम्म पनि अर्ब रुपियाँको कारोबार हुने गथ्र्यो।

बिहीबार कुल कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूह बढेका छन् भने बाँकी उपसमूह घटेका छन्। जसमध्ये उत्पादन समूह १९ दशमलव १८, अन्य समूह ११ दशमलव ४६ र जीवन बीमा समूह १७० दशमलव ४२ अंकले बढेका छन्।

यस्तै बंैकिङ समूह ६ दशमलव ६६, व्यापार समूह दुई दशमलव ९६, होटल समूह ६३ दशमलव ६३, विकास बैंक समूह पाँच दशमलव २९, जलविद्युत् समूह चार दशमलव २९, वित्त समूह दुई दशमलव २१, जीवन बीमा समूह ४८ दशमलव ६७ र माइक्रोफाइनान्स समूह दुई दशमलव ६५ विन्दुले घटेका छन्।
बिहीबार नागरिक लगानी कोष, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका कम्पनीका शेयरधनीले कमाएका छन्। तर, सिद्धार्थ इक्विटी ओरेन्टेड स्किमलगायत कम्पनीका शेयरधनीले गुमाएका छन्।