मजदुरद्वारा अनिश्चितकालीन तालाबन्दी

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित सुपर लेमिकोट्स उद्योगमा मजदूरले उद्योगमा अनिश्चितकालका लागि ताला लगाएका छन्।
वृद्धि गरिएको तलब सुविधा उद्योगले नदिएको भन्दै सोमबार मजदूरले तालबन्दी गरेका हुन्। सरकारले साउन १ गतेदेखि लागू हुने गरी मजदूरको सामान्य तलब २ हजार २ सय ५० रुपियाँ र महंँगीभत्ता १ हजार ५ सय रुपियाँ वृद्धि गरे पनि उद्योगले आफूहरुलाई उक्त सुविधा वृद्धि नगरेको मजदूरको दाबी छ।
उनीहरुका अनुसार औद्योगिक क्षेत्रका अन्य उद्योगले सुविधा प्रदान गर्दै आएको तर सुपर लेमिकोट्सले मात्र मजदूरको बेवास्ता गरेको आन्दोलनरत रामकृष्ण ढकालले गुनासो गर्नुभयो।

कर्मचारी माया देउलाले तलब नबढेका कारण आन्दोलनमा जान बाध्य भएको बताउनुभयो। देउला भन्नुहुन्छ–‘यसअघि हामीले उद्योगका प्रवन्धकसँग छलफल ग¥यौं। तर, त्यसले निष्कर्ष निकाल्न नसकेका कारण आन्दोलनमा गएका हौं। उहाँले सुपर लेमिकोट्सले मजदुरको पसिनामाथि रजाईं गरिरहेको बताउनुभयो।
समग्र टे«ड युनियन इकाईं कमिटी अध्यक्ष मदनकुमार श्रेष्ठले जबसम्म माग पूरा हँुदैन, तबसम्म आन्दोलन जारी राखिने बताउनुभयो।‘राज्यले व्यवस्था गरेको नीतिमा चल्न हामीले आग्रह गरेका हौं। व्यक्तिगत स्वार्थ छैन,’ श्रेष्ठले भन्नुभयो–‘साउनदेखि भन्दै आएका हौं। तर, बेवास्ता गरिएपछि शान्तिपूर्ण आन्दोलन शुरू गरेका हौं।

मजदुर कृष्णबाबु श्रेष्ठले आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुनसक्ने चेतावनी दिनुभयो। उद्योगमा ४२ पुरुष र तीन जनासहित ४५ मजदूर छन्। मकवानपुरका मात्र नभएर भारतीय मजदूरसमेत उक्त आन्दोलनमा सहभागी छन्।

सुपर लेमिकोट्स प्रालि कार्तिक १३ गतेबाट मजदुर र उद्योग व्यवस्थापनबीच आएको विवादका कारण ३ दिन बन्द रहेकोमा मकवानपुर उद्योग वाणिज्य संघको पहलमा सुचारु भएको थियो।

संघ अध्यक्ष कृष्ण कटुवाल, रोजगारदाता परिषद् सभापति गणेशप्रसाद भेटवाल, संघ सचिव विष्णुगोपाल महर्जन, विभिन्न टे«ड युनियनका प्रतिनिधि, उद्योग व्यवस्थापन, उद्योगसम्वद्ध मजदुर युनियन, मजदुरबीच सहमतिबमोजिम उद्योग कार्तिक १६ गतेबाट खुलाउने सहमतिमा हस्ताक्षर गरिएको थियो। उद्योगले ¥यापर उत्पादन गर्दछ।