डीएभी स्कुलको २६ औं वार्षिकोसत्व सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
डीएभी सुशील केडिया विश्व भारती विद्यालयको २६औं वार्षिकोत्सव विद्यालय प्रांगणमा सम्पन्न भएको छ। वार्षिकोत्सवको मुख्य आकर्षणको रूपमा सांस्कृतिक कार्यक्रम र वार्षिक पुरस्कार वितरण रहेका थिए।

नेपालस्थित भारतीय राजदूताबासका डेपुटी चिफ अफ मिसन डा। अजय कुमारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा उहाँले डीएभी विद्यालयले नेपालकै शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको स्पष्ट पार्नुभयो।

नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले डीएभी विद्यालयका संस्थापक स्व। शंकरलाल केडियाले शिक्षा क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै नेपालमा संस्कारमा आधारित शिक्षाको बिजारोपण गर्ने एक शिखर पुरुषको संज्ञा दिनुभयो। सोही अवसरमा उहाँले डीएभी विद्यालयको अन्तर्राष्ट्रिय गतिविधि र संलग्नताबारे पनि प्रकाश पार्नुभयो। त्यसैगरी नेपाल एसबीआई बैंकका प्रमुख आर्थिक अधिकृत प्रिया रञ्जनले कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक नाचगानले विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापकको कडा परिश्रम उजागर गरेको बताउनुभयो।

त्यस्तै उहाँले पुरस्कार बिजेता विद्यार्थीलाई बधाइ तथा शुभकामना दिँदै डीएभी विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभयो। कार्यक्रममा एक सय ४२ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। शैक्षिक उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीलाई उत्कृष्ट शैक्षिक पुरस्कार, स्कोलास्टिक तथा को–स्कोलास्टिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीलाई वेस्ट पोर्टफोलियो अवार्ड र रिड टु दी प्रिन्सिपलका विजेतालाई रिड टु दी प्रिन्सिपल अवार्डमार्फत सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका अध्यक्ष अनिल केडियाले वार्षिक पुरुस्कार विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। त्यसक्रममा उहाँले विकासको चरमोत्कर्षमा पुग्न सफल देशले अहिले संस्कार र चरित्रमा आधारित विद्यालय खोजिरहेको बताउनुभयो।