विद्युतीय भुक्तानीका निम्ति सेल–पे सेवालाई अनुमति

0
Shares

काठमाडौं, (नेस)
भुक्तानी सेवाप्रदायक सेलकम प्रालिले सञ्चालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त गरेको छ। सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ र सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको पीसीआई÷डीएसएस सुरक्षा प्रणाली पालन गरी विकसित गरिएको कम्पनीले जनाएको छ।

विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमाहलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरका निम्ति भरपर्दो सेवा हो।