उद्योग परिसंघ उत्साहित

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग परिसंघले सरकारले मुलुकको आर्थिक, उद्योग एवम् व्यवसायको प्रवद्र्धनका निम्ति हालै केही क्षेत्रमा गरेको नीतिगत एवम् प्रक्रियागत निर्णयबाट निजी क्षेत्रले केही राहत महशुस गरेकोे जनाएको छ।

निर्यात प्रोत्साहनका लागि दिइने नगद अनुदानमा वृद्धि, बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समाधान गर्न सरकार, राष्ट्र बैंकले लिएको कदमका साथै नेपालमा उत्पादित बिजुली भारत र भारत भएर तेस्रो देशमा निर्यात गर्न सक्ने प्रावधान व्यवसाय िवकासको दृष्टिले सकारात्मक कदमको रूपमा परिसंघले लिएको छ।

त्यस्तै सरकारले निर्यातमा दिँदै आएको नगद अनुदानको दरमा वृद्धि गरेको छ। यसले मुलुकले हाल व्यहोर्दै आइरहेको व्यापार घाटालाई कम गर्ने अपेक्षा परिसंघले लिएको छ। परिसंघलगायत निर्यातकर्ताले निर्यातमा प्रोत्साहन थप र व्यवस्थित गरिनुपर्ने माग गर्दै आएका थिए।

यसअघि निर्यातमा १ देखि २ प्रतिशतसम्म नगद अनुदान दिने प्रावधान रहेकोमा हाल यसलाई ३ देखि ५ प्रतिशतसम्म पु¥याइएको छ।
त्यसै गरी, बैंक तथा वित्तीय संस्थामा चरम तरलता रहेको अवस्थामा सरकारबाट मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीको लागि गठित समितिको प्रतिवेदनपश्चात ब्याजदरलगायत अन्य क्षेत्रमा लिइएको कदमबाट राहत पुग्ने परिसंघको ठहर छ।
औद्योगिक विस्तारका लागि परिसंघले यसअघि माग गर्दै आएका विषयमा समेत सरकारले ध्यानदिनुपर्ने माग परिसंघको छ।

भारत सरकारले हालै जारी गरेको अन्तर्देशीय विद्युत् व्यापार निर्देशिकाले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् भारतलगायत भारत भएर तेस्रो मुलुकमा समेत निर्यात गर्ने बाटो खुल्ला गरेको नेपाली लगानीकर्ता उत्साहित भएको परिसंघले जनाएको छ।