रजैयामा बल्ल बिजुली पुग्यो

0
Shares

हेटौंडा, (नेस)
मकवानपुरको बकैया गाउँपालिका–१, रजैयामा बल्ल विद्युत् विस्तार भएको छ।
प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायत स्थानीय जनप्रतिनिधिले संयुक्तरूपमा ट्रान्समिटरको स्वीच अन गरेर विद्युत् विस्तार शुरू गर्नुभएको हो।

बिस्तारित विद्युत्बाट ९३ घरधुरी लाभान्वित हुने भएका छन्। विद्युत् विस्तारका लागि ११ महिनादेखि अहोरात्र लागिपरेपको विद्युत् विस्तार समितिका अध्यक्ष प्रतीक ब्लोन भन्नुभयो।