आन्दोलनप्रति पश्चिमाञ्चल ट्यांकर व्यवसायीको असहमति

0
Shares

बुटवल, (नेस)
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुस २३ गतेदेखि गर्ने भनेको आन्दोलनप्रति पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले असहमति जनाएको छ।
सरकारसँंग ६ बुँदे माग राख्दै आन्दोलनकप्रति संघको ऐक्यबद्धता नभएकोसमेत जानकारी गराएको छ। माग पूरा नभए मुलुकभरका ढुवानी व्यवसाय बन्द गरी ट्यांकरको साँचो नेपाल आयल निगमलाई बुझाउने निर्णयप्रति संघको सहमति नरहेको बताएको छ।

संघको बिहीबार बसेको बिशेष बैठकले महासंघको आन्दोलनमा सहभागिता जनाउन नसकिने र आन्दोलनबाट भन्दा पनि वार्ता र संवादद्वारा समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष राकेशकुमार कशौधन र महासचिव भुपराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ।

प्रदेस नम्बर १ को विराटनगरमा केही दिन अघि पेट्रोलियम पद्धार्थ ढुवानीमा देखिएको समस्याको विषयलाई लिएर महासंघले आन्दोलन गर्नु भन्दा सरोकारवाला निकायसंँग वार्ताद्वारा समस्या समाधान गर्न संघले सुझाव दिएको छ।