लगानीकर्ता आकर्षित गर्न ऐन संशोधन गरिँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
अर्थमन्त्री डा। युवराज खतिवडाले कृषि, ऊर्जा, सडक, रेल तथा हवाई, औद्योगिक क्षेत्र र सूचना प्रविधिमा विदेशी लगानी भित्र्याउन सरकारले पहल गर्ने बताउनुभएको छ। चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो।

अर्थमन्त्री खतिवडालले कृषि, ऊर्जा, सडक, रेल तथा हवाई, औद्योगिक क्षेत्र र सूचना प्रविधिमा विदेशी लगानी भित्र्याउनका निम्ति सम्मेलनका अवसरमा विदेश सत्रसमेत सञ्चालन गरिने जानकारी दिनभयो। नेपालमा लगानीको वातावरण सुधार गर्नका निम्ति विद्यमान ऐन कानुनमा संशोधन गरिने उल्लेख गर्दै अर्थ वाणिज्य क्षेत्रमा सरोकार राख्ने करिब एक दर्जन ऐन तथा नियम संसद्को हिउँदे अधिवेशनबाट अनुमोदन गरिने तयारी भइरहेको पनि जानकारी दिनुभयो।

चुनावमा प्रतिबद्धता गरेअनुसारको उपलब्धि हासिल गर्न र सम्बन्ध नवीकरण गर्नका निम्ति पनि लगानी सम्मेलनको आवश्यकता रहेको अर्थमन्त्री खतिवडाको भनाइछ।

ऐन नियम संशोधन भएपछि नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई सहज हुने अर्थमन्त्री खतिवडाको भनाइ थियो। उहाँले दोहोरो करको समस्या पनि समाधान हुने उल्लेख गर्नुभयो।

नेपालमा लगानीको वातावरणमा उल्लेख्य सुधार भएको भन्दै विश्व बैंकले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएको डुइङ विजनेस रिपोर्टलाई सुधारका लागि आग्रह गरिएको मन्त्री खतिवडाले बताउनुभयो।

चुनावमा प्रतिबद्धता गरेअनुसारको उपलब्धि हासिल गर्न र सम्बन्ध नवीकरण गर्नका निम्ति पनि लगानी सम्मेलनको आवश्यकता रहेको भन्दै नेपालमा वास्तविक लगानीकर्ता आवश्यक रहेको उल्लेख गर्नुभयो।

नेपालमा श्रम समस्या सुधार भएको र योगदानमा आधारित सामाजिक सुरक्षा लागू भइसकेको सन्दर्भमा नेपालमा लगानीको वातावरण सुधारिएको र विगतमा देखिएका केही सन्देहहरुलाई लगानी सम्मेलनले हटाउने उहाँको दाबी छ। दुई दिनसम्म चल्ने लगानी सम्मेलन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा दातृ निकाय, कूटनीतिक निकाय, विकासका साझेदार संस्था, विदेशी लगानीकर्तालगायत सरोकारवाला निकायको सहभागिता रहने छ। दुई वर्ष अघि गरिएको लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको लगानीको प्रतिबद्धता आए पनि करिब ३ खर्ब रुपियाँ लगानीको प्रक्रिया रहेको छ।
लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले लगानीको सम्भावना भएर पनि प्रचार नहुँदा लगानीकर्ताको आकर्षण कम रहेको बताउनुभयो।