ज्वालामुखीका कारण हवाई मार्ग परिवर्तन


जाकार्ता,(एजेन्सी)
थुप्रैपटक विस्फोट भइसकेको इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी पुन सक्रिय हुनसक्ने खतरा अत्यन्तै उच्च स्तरमा पुग्न थालेपछि बिहीबार इन्डोनेसियाका सम्पूर्र्ण हवाई उडानको मार्ग फेरिएको छ।

सम्पूर्ण उडानलाई सो ज्वालामुखी क्षेत्रको ५ किलोमिटरवरपर उडान भर्न निषेध गरिएको छ।
इन्डोनेसियाको दैवी प्रकोप व्यवस्थापन निकाय ९बीएनपीबी० ले ज्वालामुखी पहाड थप सक्रिय हुन थालेकाले अलर्ट लेभल दुईबाट तीनस्तरमा उक्लेको जनाएको छ।

गत शनिबार सोही ज्वालामुखी विस्फोटनका कारण आएको भीषण सुनामीमा सयौं व्यक्तिको ज्यान गएको थियो। सो पहाडवरपरको २ किमिबाट खतराको क्षेत्र ५ किमि पु¥याइएको छ।

स्थानीय वासिन्दा र पर्यटकहरुलाई सो क्षेत्रमा जान मनाही गरिएको छ। ज्वालामुखी विस्फोटपूर्व निस्कने खरानी फैलिरहेको कारण पनि उडान मार्ग फेरिएको एयर ट्राफिक कन्ट्रोल एजेन्सी एयरनाभ इन्डोनेसियाले जनाएको छ।