हार्दै नहारी लिग विजेता बन्यो मनाङ मर्स्याङ्दी


नेपाल समाचारपत्र, काठमाडौं ।

लिगको दुई खेल बाँकी छदैँ लिग मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको विजेता बनेको छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो । यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङ विजेता बन्ने पक्का भएको छ ।

मनाङले लिगको उपाधि मात्रै जितेन एउटा इतिहास पनि रचेको छ । लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभइ लिगको उपाधि जितेको हो ।

मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।