काठमाडौँ ।
पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइरालाले ब्युटी केयर व्यवसायले समाजिक सुधारको अभियानमा ठूलो सहयोग पु¥याएको बताउनुभएको छ। रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको ११औं वार्षिकोत्सवको अवसरका आयोजित सम्मान कार्यक्रममा पूर्वमन्त्री कोइरालाले ब्युटी केयर पेसाले महिला सशक्तीकरणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो। पूर्वमन्त्री कोइरालले सरकारले एक वर्षमा पा“च लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सारेको अवस्थामा सौन्दर्य व्यवसायमा मात्र तीन लाख व्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको बताउनुभयो।
रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरले आफ्नो ११औं वार्षिकोत्सवका अवसरमा ३ जना व्यक्तित्व वरिष्ठ सौन्दर्यविद् डा. राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता तथा निर्देशक दिपाश्री निरौला, सञ्चारकर्मी सुशील अर्याललाई विशेष सम्मान गरिएको थियो। उहा“हरूलाई प्रमुख अतिथि गीतकार, साहित्यकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सम्मान गर्नुभएको थियो। यसैगरी कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेशसभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ, वरिष्ठ समाजसेवी सुभाष गुरुबलाई समेत सम्मान गरिएको थियो।
वरिष्ठ सौन्दर्यविद् चर्चित कलाकार, पत्रकार तथा समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्ने अग्रज व्यक्तित्वलाई सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो। विगत ११ वर्षदेखि सौन्दर्यप्रति सचेत सम्पूर्ण नेपालीको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर काठमाडौं मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्द आएको छौ । उक्त ११आंै वार्षिकोत्सव कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरका संरक्षक प्रकाशकुमार श्रेष्ठले ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र आफ्ना ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै आधुनिक पद्धतिद्वारा सम्पूर्ण सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो। यसैगरी रश्मिला श्रेष्ठले अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको सेवा विस्तार गर्न लागिएका जानकारी दिँदै ग्राहकले अन्ताष्ट्रिय स्तरको सेवा लिन सक्ने बताउनुभयो।











प्रतिक्रिया