अवैधरुपमा कालिजको चोरी शिकार बढ्दो

0
Shares

विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामिण क्षेत्रमा चोरीसिकार गर्ने गरेका कारण जंगली कालिजहरु मासिन थालेका छन् । जिल्लाका ग्रामिण क्षेत्रहरुमा जहाँ सुरक्षा निकाएको पहुँच नभएका ठाउहरुमा जगली कालिजहरुका लागि पासो थाप्ने तथा बास बसेको ठाउपहिचान गरी राती बन्दुक पड्काएर कालिज मार्ने क्रम तिब्ररुपमा बढेको स्थानियबासीहरु बताउछन् ।

बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि शिकार गर्नेहरु हिजो आज डोटीमा निकै सक्रिय भएका केआईसिंह गाउपालिका दल्ल बस्ने स्थानिय शेरबहादुर ऐरले बताउनु भयो । ‘कालिजको सिकार गर्नेहरु जंगलै भरी प्रसस्तै भेटिन्छन्’ उहाँले भन्नु भयो ‘कतिपय त कालीज मारेरै बजारमा नै बिक्रि गर्न आउछन् तर कार्वाहिका लागि कसैलेपनि आवाज उठाएको छैन् ।’

सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको जोरायल गाउपालिका ५ का स्थानिय लिलाधर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘लोपोन्मुख पन्छी भएकाले कालिज संरक्षणको अभियान सामुदायिक बनका पदाधिकारीले थाल्नुपर्ने हुन्छ ।’ प्राय चिसो समयमा र बृद्ध बृद्धाहरुकोे स्वास्थ्यमा कालिजको मासु र सुपले राम्रो फाईदा दिने तथा सामान्य तया रोगहरुपनि नलाग्ने भएका कारण डोटीमा कालिज मार्ने क्रम बढेको स्थानियबासीहरु बताउछन् ।

बिना अनुमति वन्यजन्तु तथा पन्छीहरुको शिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी नपर्ने गरेका कारण आफुहरुले कालिज मार्नेलाई कार्वाहि गर्न नसकेको सेक्टर वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेसचन्द्र डिसिले बताउनु भयो । उहाँले भन्नु भयो ‘कालिज लगायतका बन्य नज्तु मार्दै छन् भन्ने हल्ला सुनिन्छ,उजुरी कसैले गर्दैन’ उहाँले भन्नु भयो ‘बिना उजुरी कस्लाई कार्वाहि गर्नु ।’