पिपुल्स र नेरिक च्याम्पियन


काठमाडौं, (नेस)
पिपुल्स एकेडेमी र नेरिक दोस्रो एन प्याब्सन स्पोट्र्स मिटअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा बुधबार च्याम्पियन बनेका छन्। पिपुल्स सिनियर ब्वाइज तथा नेरिक जुनियर ब्वाइजमा पहिलो भए।

सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको सिनियर फाइनलमा पिपुल्सले नेरिकलाई ३२–२० ले पराजित ग¥यो। विजेता टोलीका संकेत शाहीले १६ अंक जोडे। युनिभर्सलले माउन्ट कैलाशलाई ७१–६४ ले हराउँदै तेस्रो भयो। जुनियरको उपाधि भिडन्तमा नेरिकले ग्रिनफिल्डको चुनौती ४१–३० ले समाप्त पा¥यो। नेरिकका विपीन खड्काले ११ स्कोर गरे। बास्केटबलको फाइनलसँगै एनप्याब्सन स्पोट्र्स मिटमा समावेश सबै खेलको प्रतिस्पर्धा सम्पन्न भएको छ।