ह्वावेको नोभा थ्री आईको मूल्य घट्यो

0
Shares

काठमाडौँ, (नेस)
अंग्रेजी नयाँ वर्षको अवसरमा ह्वावेले अन्तर्गत मोबाइल फोनको मूल्य घटाएको अफर ल्याएको छ। रु ३८, ९०० मा उपलब्ध हुने सबैभन्दा सफल स्मार्टफोन नोभा थ्री आई अब मात्र रु ३५, ९९० मा किन्न सकिनेछ। बुधबारदेखि लागू भएको यो अफर सीमित समयसम्मका लागि लागू हुनेछ।

प्रयोगकर्ताहरूबाट पाएको अपार विश्वासका कारण सन् २०१८ ह्वावेका लागि सबैभन्दा सफल वर्ष रह्यो। नोभा सिरिजको यो स्मार्टफोन ब्रिकी खुलाइएको पहिलो दिनको दुई घण्टाभित्र नै झण्डै २ हजार वटा अग्रिम बुकिङ भएर प्रिबुकिङ रेकर्ड नै बनाएको थियो। सन् २०१८को जुलाईमा यो स्मार्टफोन सार्वजनिक गरिएको थियो। तर औपचारिक रूपमा त्यसको बिक्री शुरू भएको एक साताभित्र नै त्यसको स्टक सकिएको थियो।

प्रयोगकर्ताहरूबाट ह्वावेले अद्भूत प्रतिक्रिया पाएको छ। यसले हामीलाई गौरवान्वित स्मार्टफोन उत्पादक बनाएको छ साथै भावी दिनमा अझ उत्कृष्ट स्मार्टफोनहरू ल्याउने जिम्मेवारी थपिदिएको छ।