दक्ष जनशक्तिको उत्पादनमा जोड

0
Shares

काठमाडौं, (नेस)
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले उद्योग र व्यापारिक संस्थालाई चाहिने दक्ष जनशक्ती शैक्षिक संस्थाले उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई व्यापारिक प्रतिष्ठानले खपत गर्ने भएकोले यी दुई क्षेत्रबीचको आपसी सहकार्य र समझदारी महत्वपूर्ण भएको कुरा बताउनुभएको छ। लर्ड वुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससँगको समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अग्रवालले सो कुरा बताउनुभएको हो। साथै देशलाई चाहिने खास जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरूको प्रमुख दायित्व भएकोले यसतर्फ अझैं प्रभावकारी रूपमा अघि बढ्न उनले शैक्षिक संस्थाहरूलाई अपिल पनि गर्नुभयो। सो समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधर र लर्ड वुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई। पंकज जलानले हस्ताक्षर गर्नुभयो।