गरिमा विकास बैंकको शाखा विस्तार

0
Shares

काठमाडौं, (नेस)
गरिमा विकास बैंक लिमिटेडले बुधबार दाङको घोराही र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ। घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखाको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गर्नुभयो। काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन्। विकास बैंकले छिट्टै नै पर्साको वीरगंज, चितवनको टाँडी र मिलनचोक, दा·को तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजु·को बेंसीशहरमा समेत शाखा कार्यालय खोल्दै छ। २०७५ पौष १० गतेसम्म विकास बैंकले रु।२५ अर्ब ७५ करोड निक्षेप संकलन गरी २२ अर्ब ५० करोड कर्जा लगानी गरेको छ।