ग्लोबल आईएमई र नेपाल नेसनल हस्पिटलबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
ग्लोबल आईएमई र नेपाल नसनल हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपचार गराउँदा बैंकबाट डेबिटक्रेडिट, प्रिभिलेजकार्ड भएका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। सम्भौतापत्रमा हस्पिटलका बजार व्यवस्थापन प्रबन्धक श्रुती राणा र बैंकका कार्ड बिक्रीवितरण तथा प्रवद्र्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गर्नुभयो। बैंकका १ सय ३३ शाखा, १ सय ४१ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १४ राजश्व संकलन काउन्टर, ११२ शाखारहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय छन्।