डीएभीकोे २६औं वार्षिकोत्सव सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिकोत्सवको मुख्य आर्कषणका रूपमा सांस्कृतिक कार्यक्रम र वार्षिक पुरस्कार वितरण रहेका थिए।

कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै नेपालस्थित भारतीय राजदूताबासका, डपुटि चिफ अफ मिसन डा। अजय कुमारले शुभकामना तथा बधाई दिनुभयो। सोही अवसरमा उहाँले विद्यालय विगतदेखि शैक्षिक उत्कृष्टतासहित विद्यार्थीहरूको सर्वांगीण विकासको निम्ति अनवरत रूपमा क्रियाशील रहेको र यसले नेपालकै शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा १ सय ८२ विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। शैक्षिक उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक पुरस्कार, स्कोलास्टिक तथा को–स्कोलास्टिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरूलाई वेस्ट पोर्टफोलियो अर्वाड र रिड टु दी प्रिन्सिपलका बिजेताहरूलाई रिड टु दी प्रिन्सिपल अर्वाडमार्फत् सम्मान गरिएको थियो।