जापानको ह्वेल मार्ने औपचारिक घोषणा


टोक्यो, (एजेन्सी)
जापानले बुधबार औपचारिकरूपमै आगामी जुलाई महिनादेखि पुनः व्यावसायिकरूपमै ह्वेलको शिकार शुरू गरिने जनाएको छ। जापानले ह्वेल संरक्षण निकाय इन्टरनेसनल ≈वेलिङ कमिसन ९आईडब्ल्यूसी० बाट अलगिने जनाएको छ।

केही विशेष प्रजातिका ≈वेल माछा झण्डै लोप हुने स्थितिमा पुगेपछि सन् १९८६ मा आईडब्ल्यूसीले व्यावसायिकरूपमा ≈वेल मार्ने कार्यमाथि प्रतिबन्ध लगाएको थियो।

सन् १९५१ देखि आईडब्ल्यूसीको सदस्यता प्राप्त गरेका जापानका अधिकारीहरुले ≈वेलको मासु खानु जापानी संस्कृतिको एक हिस्सा भएको दाबी गर्दै आएका छन्। केही दिनअघि नै जापानको सञ्चारमाध्यमले चाँडै नै जापान सरकारले व्यावसासिक ≈वेलको शिकार पुनः शुरू गर्नसक्ने भविष्यवाणी गरेको थियो।
विगत लामो समयदेखि जापानले वैज्ञानिक अनुसन्धान को नाममा ह्वेल मार्दै त्यसको मासुको बिक्री–वितरण गर्दै आएको थियो। बुधबारको यस औपचारिक घोषणापछि ह्वेल संरक्षण समूहहरुले यस कदमबाट गम्भीर परिणाम निस्कने चेतावनी दिएका छन्। यसको अर्थ अबदेखि जापानले आईडब्ल्यूसीले प्रतिबन्ध लगाउँदै आएको मिन्केजस्ता प्रजातिका ≈वेलको पनि मज्जाले शिकार गर्ने भएको छ।