दिल्लीमा आक्रमणको तयारीमा जुटेका गिरोहको पर्दाफास


नयाँ दिल्ली, (एजेन्सी)
राजधानी दिल्ली र त्यसको वरिपरि कट्टरपन्थी हमला गर्ने तयारी गरिरहेको एक गिरोहको योजना पर्दाफास गरेको भारतको राष्ट्रिय अनुसन्धान निकाय ९एनआईए०ले दाबी गरेको छ।

दिल्ली र उत्तर प्रदेशका १७ स्थानमा छापामारी १० जनालाई पक्राउ गरिएको एनआईएले बुधबार जनाएको छ। यसमा एक महिला पनि परेकी छिन्। सबैलाई बिहीबार दिल्लीको पटियाला कोर्टमा एनआईएको विशेष अदालतमा पेश गराइनेछ।

एनआईएका प्रवक्ताले एक पत्रकार सम्मेलनमा भने– ‘बुधबार बिहान उत्तर प्रदेश र दिल्लीबाट ५–५ संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरु बम बनाउने आधुनिक चरणमा पुगेका थिए।’ पक्राउ परेकाहरु हरकत उल हर्ब–ए–इस्लाम सदस्य भएको र उक्त संगठन आफूलाई इस्लामिक स्टेट समूहसँग प्रभावित मोड्युल बताउँछ।

एनआईएले उक्त संगठनका नेता मुफ्ती सुहेल इन्टरनेटको माध्यमबाट विदेशका एक सञ्चालकसँग सम्बन्ध रहेको दाबी गरेको छ। तर उनीहरु यसअघि कुनै षड्यन्त्रमा सहभागी थिए वा थिएनन् भन्ने जानकारी नभएको जनाएको छ। उक्त समूह आत्मघाती हमलाको तयारी रहेको र उनीहरु आरोहमा आत्मघाती ज्याकेट बनाइरहेको दाबी गरिएको छ। उनीहरुले यसका लागि आफ्नै पैसा लगानी गरेको र केहीले घरको सुन चोरी गरी बजारमा बेचेको र त्यसबाट हतियार तथा बाँकी सामान किनेका थिए।

गिरफ्तार परेका धेरैजसोको उमेर २० देखि ३० वर्षको बीचका छन्। उनीहरुमध्ये एकजना इन्जिनियर, एकजना बीए अध्ययनरत, एकजना अटोचालक, एकजना कपडाका व्यापारी र एकजना मौलबी भएको बताइएको छ। उनीहरुबाट १ सयभन्दा धेरै मोबाइल फोन र घरायसी रकेट लन्चर पनि बरामद गरिएको अधिकारीहरुले जानकारी दिए।