हुम्लाको तातोपानीबाटै २२ किलोवाट विद्युत् उत्पादन

0
Shares

अर्जुन बोहरा, सिमकोट हुम्ला
हुम्लाको उनापानी गाउँमा खेर गएको तातोपानीबाट २२ किलोवाट विद्युत् उत्पादन गरिएको छ।
सर्केगार्ड गाउँपालिका–३ स्थित रहेको उनापानी गाउँमा तातोपानीबाट विद्युत् उत्पादन गरिएको छ। वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको आर्थिक सहयोगमा ६ वर्षपहिला विद्युत निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष रावतले बताए। अहिले तातोपानीबाट विद्युत् उत्पादन भएपछि गाउँ नै उज्यालो हुँदा स्थानीय बासिन्दा अँध्यारोबाट मुक्त भएका छन्।

गाउँमै विद्युत् उतपादन हुँदा गाउँलेहरूलाई सहज भएको सर्केगार्ड गाउँपालिका वडाध्यक्ष गजरा रावतले बताए। गाउँमा विद्युत् सेवा नियमित सञ्चालन भएपछि वनबाट झरो ९दियालो० बाल्नबाट मुक्ति भएको उनपानी गाउँ निवासी फागुने फडेराले बताउनुभयो।

साविक सर्किदेउ गाउँ विकास समिति वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र, ग्र्रामीण जनउत्थान विकास केन्द्र हुम्लालगायतको आर्थिक सहयोगमा तातोपानी लघु जलविद्युत् आयोजनाले २२ किलोवाट उत्पादन गरिएको हो। जलविद्युत् उत्पादन गर्नको लागि १ करोड ११ लाख लागतमा विद्युत् निर्माण भएको सर्केगार्ड गाउँपालिका–३ का स्थानीय बासिन्दा जनक फडेराले बताउनुभयो। तातोपानीबाटै जलविद्युत् उत्पादन भएपछि २ सय ८० घरधुरीका स्थानीय बासिन्दा लाभावित भएका छन्।