पर्यटन विकासका लागि परिषद्

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
तारा गाउँ विकास समिति ताहाचल काठमाडौं र धुलिखेल उद्योग वाणिज्य संघको समन्वयमा चार दिने घरबास पर्यटनसम्कन्धी आधारभूत तालिम धुलिखेलमा शुरू गरिएको छ।
तालिमको उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले तत्कालीन र दीर्घकालीन योजनाहरू अघि सारेको बताए। धुलिखेलको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन परिषद् गठन गर्ने र पर्यटनसम्बन्धी रणनीतिक योजना तयार पारी दीर्घकालीन विकास गर्ने प्रमुख ब्याञ्जुले बताए। पर्यटक सम्मेलन आयोजना गरी रणनीतिक योजनाका बारेमा छलफल गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, पर्यटन नगर परिषद् गठन गगर्ने र धुलिखेललका पर्यटकीय स्थानको पहिचान गरी विकास गर्ने योजना बनाइएको नगर प्रमुख ब्याञ्जुले बताए।

धुलिखेल चिनाउन ३० सेकेन्डको डकुमेन्ट्री तयार गरी प्रचारप्रसार गर्ने, धुलिखेलसम्बन्धी गीतहरू तयार गर्न, १२ वटै वडामा पर्यटकीय पार्कहरू निर्माण गर्ने, प्रत्येक वडामा नमुना टोलको विकास गर्ने, घरबाससम्बन्धी जानकारी गराउँदै घरबासमा ऐतिहासिकता, सांस्कृतिक महŒवका विषय तथा जातजाती झल्कने विषयलाई समावेश गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने, देवीटारको झरना, पातलेखेतको झरना, शंखुमा बन्जिजम्पको सम्भाव्यता अध्ययन गर्ने काम शुरू गरिएको नगर प्रमुख ब्याञ्जुले बताए। पर्यटकीय क्षेत्र र पर्यटकलाई लक्षित गरी धुलिखेलका विभिन्न स्थानमा फ्रि वाइफाई जडान गरिएको, सीसी क्यामेरा राख्ने तयारी गरिएको, पर्यटकीय शौचालय निर्माण गरी कोसेली घरको तयारी गरिएको प्रमुख ब्याञ्जुले बताए। स्थानीय व्यक्तिमार्फत कोसेली घर सञ्चालनमा ल्याई धुलिखेलको मौलिकतासहितका उत्पादन भएका वस्तुको बिक्रीवितरणसमेत कोसेली घरबाट गरिनेछ।

पर्यटक क्षेत्रको विकास र समृद्धिका लागि धुलिखेलमा होटल खोल्ने व्यवसायीहरूलाई करमा छुट, स्थानीयलाई रोजगारी प्रदान गरेबापत, स्थानीय उत्पादन प्रयोग गरेबापत छुट दिने नीति लिइएको नगर प्रमुख ब्याञ्जुले बताए। कार्यक्रममा तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुईंटेलले नेपालमा होटल व्यवसाय र पर्यटकीय गन्तव्य पहिचान तारा गाउँ विकास समितिले गरेकाले घरबाससम्बन्धी पहिचान र विकास पनि शुरू गरिएको बताए। ग्रामीण क्षेत्रमा पर्यटकको आगमन हुँदा ठूला–ठूला होटलमा मात्रै पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको बताए। विदेशिने श्रम र पूँजी नेपालमै रोक्न सकिने र आन्तरिक तथा बा≈य पर्यटकलाई समेत सेवा प्रदान गर्न सकिने घरबास कार्यक्रमलाई देशका विभिन्न पर्यटकीय पहिचान बोकेका स्थानमा लैजाने तथा पर्यटकीय पहिचान नभएका क्षेत्रलाई समेत पहिचान गराउन पहल गर्ने योजना रहेको लुईंटेलले बताए।

कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल उद्योग वाणिज्य संघका पूर्वमहासचिव सुवासकाजी श्रेष्ठ, होमस्टे एसोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष केशव बडाल, केन्द्रीय सदस्य शिला अमात्य, सचिव समन चोक्षेलगायतको सहभागिता रहेको थियो। तालिममा धुलिखेलका विभिन्न वडाका ४५ जना महिला तथा पुरुषको सहभागिता रहेको छ। सहभागिहरूले तालिमलाई व्यवहारमै प्रयोग गर्न सुझाव दिएका थिए।