आईजीपी खनालको भनाइ– ँनिर्मला पन्तको हत्याका दोषी पत्ता लाग्न समय लाग्छ”

0
Shares

यमलाल भुसाल, बुटवल
नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताउनुभयो।आईजीपी खनालले चार वटा विज्ञ टोलीले उक्त घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताउनुभयो।

मुलुक भरीका लैंगिक हिंसालगायत आपराधिक घटनामध्ये ९७।५ प्रतिशत घटनामा प्रहरी सफल भए पनि निर्मला पन्तलगायत थोरै घटनामा मात्र सफलता नमिलेकाले प्रहरीमाथि अविश्वास बढेको उहाँको कथन थियो। बुधबार बुटवलको दीप बोर्डिङ स्कुलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै आईजीपी खनालले समुदायले प्रहरीमाथि विश्वास गर्नुपर्ने आग्रह गर्दै प्रहरी समुदायसँग हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताउनुभयो।
प्रहरीप्रति अविश्वास कायम रहे अनुसन्धानमा सफलता मिल्न झन् ढिलाइ हुने उहाँकोे भनाइ रहेको छ। उहाँले प्रहरी विप्लव नेतृत्वको नेकपालगायत अन्य विद्रोही शक्तिलाई नियन्त्रण गर्न सक्षम रहेको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टीबाट कुनै सुरक्षा चुनौति नभएको स्पष्ट पार्नुभयो।

आईजीपी खनालले थुप्रै विद्यार्थी लागूऔषध प्रयोगकर्ता रहेको औंल्याउँदै ती सबै विद्यार्थीको घर–घरमा पुगेर रोक्ने काम गर्न प्रहरीले नसक्ने हुँदा परिवार र समुदायले रोक्नुपर्ने आग्रह पनि गर्नुभयो। कार्यक्रममा सहभागी विद्यार्थीले निर्मला पन्त हत्याको घटनामा प्रहरीकोे भूमिकाले गर्दा प्रहरीमाथि विश्वास गर्न कठिन भइरहेको बताएका थिए। उनीहरूले निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाएर कारबाही नगर्दासम्म प्रहरीमाथिको अविश्वास कायमै रहने धारणासमेत राखेका छन््।