नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ को सबभन्दा ठूलो समस्या र चुनौती दक्ष जनशक्ति र कर्मचारी अभाव रहेको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ।
मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा उहाँले मन्त्रालयमा हाल झन्डै ५० प्रतिशत कर्मचारी नआएको बताउनुभयो। ६८ जनाको दरबन्दी रहेकोमा ३८ जनामात्र आएको जानकारी उहाँले दिनुभयो। मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनालय, शिक्षा तालिम केन्द्रजस्ता महाशाखामा झन् कर्मचारी नै नभएको उहाँको गुनासो छ।
‘अधिकृतहरू फिल्डमा गएको बेला म आफैं बसी काम गर्दै आएको छु’ –मन्त्री दुलालले भन्नुभयो। मन्त्रालयमा ७ वटा महाशाखा छन््, जसमध्ये चार वटा महाशाखामा एक जना पनि कर्मचारी छैनन्। ‘संघीय सरकार सरुवा गरी पठाउँछ। कर्मचारी माथिबाटै सरुवा मिलाएर बस्छन््। अनि कसरी काम गर्नेरु’ –मन्त्री दुलालले गुनासो पोख्नुभयो।
स्वास्थ्यमा त झन् दक्ष कर्मचारी आउन मान्ने नगरेको उहाँको भनाइ छ। नुवाकोटमा रहेको त्रिशूली अस्पतालमा सातौं तहकी नर्स अधिकृत देवकी पुडासैनी अस्पतालको मेसु भएर अस्पताल सञ्चालन गरिरहनुभएको छ। ११औं तहको डाक्टर मेसु हुनुपर्नेमा कोही डाक्टर त्यहाँ जान मान्ने नगरेको मन्त्री दुलालले बताउनुभयो।
उहाँले प्रदेशका काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, रामेछापमा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताउनुभयो। प्रदेशको स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै भद्रगोल रहेको बताउँदै उहाँले भन्नुभयो– ‘स्वास्थ्यमा कर्मचारी आए पनि नबस्ने, अन्यत्र सरुवा मिलाएर जाने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको छ।’ कर्मचारी समायोजन गर्न संघीय सरकारलाई फलामको चिउरा चपाएसरह भएकाले थप समस्या भएको उहाँको भनाइ छ।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले मन्त्रालयको कुल स्वीकृत कार्यक्रम १ सय ९२ वटा रहेकाले त्यसअनुसार काम भइरहेको बताउनुभयो। स्वास्थ्यतर्फ ९५ वटा, सामाजिक विकासतर्फ ४१ वटा र शिक्षातर्फ ५६ वटा कार्यक्रम रहेको उहाँले बताउनुभयो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई स्थानमा सार्वजनिक निर्माण कार्यान्वयन एकाइ ९पीसीआईयु० स्थापना गरेको मन्त्री दुलालले बताउनुभयो। सार्वजनिक निर्माण कार्यान्वयन कार्यविधि–२०७५ बमोजिम धादिङको गजुरी र काभ्रेको धुलिखेलमा एकाइ स्थापना गरिएको मन्त्रालयका सचिव पौडेलले जानकारी दिनुभयो।
एकाइले विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी, खेलकुद मैदान, सेफ हाउसजस्ता भौतिक निर्माण गर्ने पौडेलले बताउनुभयो, तर ती स्थानमा कर्मचारी पठाउन भने सकिएको छैन। ‘कर्मचारी आउनै मान्दैनन्, त्यसकारण पठाउन सकिएको छैन’ –उहाँले भन्नुभयो।











प्रतिक्रिया