मंगल ग्रहको हिमतालले उत्साहित

0
Shares

यस नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार अब मंगल ग्रहमा मानव बसाउन सकिने सम्भावना बढेको छ। युरोपेली अन्तरिक्ष एजेन्सीले आफ्नो मार्स एक्सप्रेस मिसनमा मंगल ग्रहको एक विशाल हिमताल फेला पारेकोले यो सम्भावना बढेको देखिन्छ। हिउँले भरिएको खाल्डोको तस्वीर पनि देख्दा यहाँ जीवन जिउन सक्ने देखिन्छ। अर्को ग्रहमा फेला परेको हिउँ जमेका खाल्डोमध्येको यो अहिलसम्मकै सबैभन्दा ठूलो भएको बताइएको छ।

मंगल ग्रहमा भेटिएको उक्त विशाल हिमतालको गहिराइ ५ हजार ९ सय ५ फिट भएको अनुमान गरिएको छ। वर्षैभरि उक्त खाल्डोमा हिउँ हुने गरेको बताइएको छ। जहाँ पानी हुन्छ, त्यहाँ जीवको अस्तित्व हुन्छ। त्यसैले भविष्यमा मंगल ग्रहमा मानव बस्ती बसाउन वैज्ञानिकहरू सफल हुनेछन् भन्ने अनुमान लगाउन गाह्रो छैन। तर चन्द्रमाको जग्गा बेचेर कैयौंलाई ठगेजस्तै कसैले ठग्न सक्छ। यसमा कतिपय नेपाली पनि ठगिएका थिए। अब मंगल ग्रहमा मानव बसाउने नाममा कोही पनि नठगिऊन्। यसमा भने सतर्क हुनै पर्छ।
– किरण मानन्धर, बनेपा, काभ्रे।