काव्यमा गायन प्रतियोगिता

0
Shares

काव्य स्कुल नयाँ बानेश्वरले आयोजना गरेको तेस्रो काव्य गायन प्रतियोगितामा निश्चय ढकाल, उमंग लुइँटेल र अभिनव सिलवालले उत्कृष्ट गायक भएर पुरस्कार जितेका छन्।

विद्यालयका ४ दर्जन विद्यार्थीले भाग लिएको प्रतियोगितामा १ देखि ३ कक्षासम्मको समूहमा निश्चय ढकाल पहिलो, निक्सन मैनाली दोस्रो, आवानी पोखरेल तेस्रो भए भने प्राश्वी पौडेलले सान्त्वना पुरस्कार पाइन्। यसैगरी ४ देखि ६ कक्षासम्मको समूहमा उमंग लुइँटेल पहिलो, अब्रिती रेग्मी दोस्रो, सुरभस् गुरागाईं तेस्रो भए भने आकांक्षा ढकालले सान्त्वना पुरस्कार पाइन्। ७ देखि ९ कक्षासम्मको समूहमा अभिनव सिलवाल पहिलो, सुमन गुरुङ दोस्रो, अनुज्ञा सापकोटा तेस्रो भए र रोम भट्टले सान्त्वना पुरस्कार पाए।

चर्चित गायिका लोचन भट्टराई प्रमुख निर्णायक रहेको प्रतियोगिताका विजयी विद्यार्थीलाई गायिका भट्टराई तथा काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटाले ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरे।