मेलिनाले गाइन् पहिलोपटक कौरा


पछिल्लो समय लोकप्रिय बन्दै गएकी गायिका मेलिना राईले पहिलोपटक लोक दोहोरी बेसमा कौरा गीत गाएकी छिन्।
सधैं ट्रेन्डिङमा पर्न सफल हुने गायिका राईले पहिलोपटक पश्चिमेली लोक दोहोरी भाका कौरा गीत गाएकी हुन्। पूर्वेली लोक गीत, फिल्मी गीत र आधुनिक गीतमा स्वर दिँदै आएकी मेलिनाले पश्चिमेली ठेट लोकगीतमा समेत स्वर दिएकी हुन्। उनले गाएको कौरा गीत गोरखा डाँडा शितलुमा अविनाश थापा, रजनी मगर र कौरा गायक गणेश गुरुङको स्वर रहेको छ। गणेश गुरुङले यस गीतमा लय पनि भरेका छन् भने अविनाश थापाले शब्द लेखेका छन्।

यो कौरा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित छ। आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौरा गीत निकै मिठो बनेको बताए। अविनाश गोरखा कालीका मन्दिरका पुजारी खलकका पनि हुन्। गीतको म्युजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन्। राजेश घिमिरेको छायांकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लीला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ र बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ।