होलाङदी–ढुंगाखानी सडक बाइपासको विरोध

0
Shares

जग्गा बचाउने कि व्यापार

कविराज नेपाल, पाल्पा
केही दिन यता पाल्पाका व्यवसायीहरू चिन्तामा छन्। कतिसम्म भने उनीहरू व्यापार व्यवसाय बन्द गरेर आन्दोलन गर्नसमेत तम्सिएका देखिन्छन् कारण हो यहाँको वाइपास रोड।

बुटवल र पश्चिम गुल्मी अर्घाखाँचीबाट छुटेका गाडीहरू यस अघि जिल्ला सदरमुकाम तानसेन भएर आउने जाने गरेकोमा अब तानसेन नपसी सिधै गन्तव्यतर्फ जान लागेकोमा यहाँका व्यापारीले विरोध गरेका हुन्। वाइपासका कारण तानसेनका व्यापारी, व्यवसायीहरू विस्तापित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै व्यापारीहरूको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले आपत्ति जनाएको छ।

पाल्पा उद्योग वाणिज्य संघले यस विषयमा सरोकारवालाको पटकपटक ध्यानाकर्षण गराउदै आएको र मागमा सुनुवाइ नभए गएको सोमबार९पुष ९० देखि साँकेतिक रूपमा तानसेन वन्द गरेर यसको विरोध गर्ने जनाएकोमा फेरि यही पुष १२ गते सम्मका लागि विशेष कारण भन्दै आन्दोलन स्थगित भएको पछिल्लो विज्ञप्तिमार्फत् जनाएको छ।

संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बाइपासको बाटो भएर गाडी ओहोरदोहोर गर्दा यहाँको व्यापार व्यवसाय धरासायी हुने भन्दै विरोध गरेको बताउँछन्। उनको भनाइ छ– ‘तानसेन आउन र जान चाहने सवारी साधनलाई रोक लगाउनुहुँदैन।’

व्यापारीहरूले नै बसपार्क वरिपरि र यहाँको बजार क्षेत्रमा सडक विभागको मापदण्डअनुसार बाटो चौडा बनाउँदा आफ्नो घरघडेरी जाने डरले विकल्पका रूपमा बाइपासको बाटो देखाएका थिए। जसअनुसार लामो समयपछि यो बाटोमा सवारी साधन केही समय पठाइको थियो तर यसले झन् समस्या ल्याइदियो। सवारी साधन होलाङ्दी हुदै कुदन थाले अनि व्यापारी समस्यामा परे कारण व्यापार शून्यजस्तै भयो त्यसैले अहिले आएर विकल्प देखाउनेहरू नै भन्न थालेका छन्– ‘यही बाटो प्रयोग गर्नुपर्छ।’

तानसेन बजार हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङलगायतका क्षेत्रमा चल्ने सवारी साधनहरू केही समय होलाङदी ढुंगाखानी बाइपास जान थाल्ेपछि वल्ल यहाका व्यापारीको चेत खुलेको वुद्धिजीवीहरूको भनाइ छ। उनीहरू भन्छन –‘पहिले सिद्धार्थ राजमार्ग तानसेन भएर पोखरा जान लाग्दा तिनै व्यापारीले घर घडेरी जाने र विकृति देखिने भन्दै विरोध गरे अहिलेसम्म पछुताइ रहेका छन्। अहिले घरघडेरीको लोभमा विकल्प सारेर अघि बढ्न खोज्दा केही दिनमै पछुताउ गर्नुप¥यो।’

हामीले किन धुलो खाने: 
केही समय पहिले वाइपास सडक निर्माणको क्रममा आफ्नो सम्पत्ति ९घर जग्गा० सरकारी मूल्यमै प्रदान गरेका धरमपानी वन्दीपोखराका बासिन्दा भने तानसेनको बजार विस्तार हुने र पिछडिएको अवस्थामा रहेको यस क्षेत्रको व्यापार फष्टाउने आशमा वाइपासमा सहमति दिएको तर अहिले आएर केवल मालबाहक ट्रक र ढु·ा वोक्ने टिप्पर मात्रै चल्ने भनेपछि आक्रोशित छन् उनीहरू भन्छन– ‘व्यापार गरेर नाफा र फाइदा खाने तानसेनका व्यापारी धुलो खाने हामी।

स्थानीय वासिन्दा हरि कार्कीले साना सवारी साधन र वस अनि जीप तानसेनको वाटो पठाएर धुलो खुवाउने कुरा स्थानीयलाई स≈य नहुने बताउँछन्।
तर यस भनाइप्रति व्यापारीको भने फरक धारणा छ। पर्यटकीय ऐतिहासिक नगरी तानसेनको व्यापार व्यवसाय संघीय संरचनासँगै खस्कदै गएको र त्यसमा पनि वाइपासले झनै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएकाले वाइपासको विरोध गरेको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पनि वाइपास मार्ग प्रयोग गर्दा यहाको व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भएकाले विरोध गरेको बताए। उनले संघीयताअनुसार गाउँमा मुकामहरू हुदा त्यसै पनि मर्कामा परेका व्यवसायीहरू झन वाइपासको मार्ग प्रयोग हुदा निकै नै तनाव र चिन्तामा रहेको बताए। उनले व्यापार व्यवसाय बचाउनका लागि व्यापारीहरू मापदण्डअनुसार बाटो चोैडा बनाउन तयार रहेको जानकारी दिए।