नेपाल समाचारपत्र, काठमाडौं
विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा पु¥याउँदै आएको नर्भिक इन्टरनेसनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुआत गर्ने भएको छ।
सो अस्पतालले सन् २००० मै मुलुकमै सर्वप्रथम क्याथल्याब सेवाको शुभारम्भ गर्दै जटिल मुटुरोग शल्यक्रिया, स्नायु शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको थियो।
सन २०१२ देखि सुविधासम्पन्न पाचन प्रणाली उपचार केन्द्रका रूपमा रूपान्तरित हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरूको उपचार गर्दै आइरहेको छ।
वरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा। मधु घिमिरेको नेतृत्वमा आरम्भ गरिने उपर्युक्त सेवा सञ्चालनमा डीडीसी प्रमुख डा। सन्दीपराज कुँवरलगायतका पेटरोग विशेषज्ञहरू पनि संलग्न रहनुहुनेभएको छ।
नर्भिकसँग आबद्ध कलेजो प्रत्यारोपण सम्बन्धी तालिमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक/चिकित्सक डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा। अनिषा तिवारी (शल्यचिकित्सक), डा। सागर पौडेल ९प्रत्यारोपण विशेषज्ञ कलेजो रोग चिकित्सक०, डा। वीरेन्द्रकुमार राउत, डा। किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी/क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिस्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिस्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सियस डिजिज) आदि रहनुभएको छ। त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा हुनुहुन्छ।











प्रतिक्रिया