सरिता चलाउने, सल्यान
जिल्लाका अधिकांश सामुदायिक विद्यालय चन्दाको भरमा सञ्चालन हँदै आइरहेका छन्। विद्यालय तथा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नहुँदा अधिकांश विद्यालय चन्दाको भरका सञ्चालन हुँदै आइरहेका हुन्।
जिल्लाका १ सय ४१ सामुदायिक विद्यालय शुन्य दरबन्दीबाट सञ्चालन हुँदै आइरहेका छन् भने अन्य विद्यालयका दरबन्दीअनुसारको शिक्षक अपुग हुँदै आइरहेको छ।
विद्यालयको दरबन्दी राज्यले व्यवस्था गर्न नसक्दा कार्यरत कर्मचारीहरूलाई समुदायबाट नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता रहेको जय निम्नमाध्यमिक विद्यालय बन्गाड कुपिन्डे नगरपालिका वडा न २ लाहाघाटका प्रधानाध्यापक मानसिहं विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले हामी यस विद्यालयमा २ जना मात्रै दरबन्दीमा छौं १ राहत शिक्षक छन् बाँकी ४ जना शिक्षकलाई स्थानीय स्रोत खोजेर तलब खुवाउँदै आइरहेका छौं।’
जिल्लामा प्राथमिक तहमा दरबन्दी र राहत दुवै नभएका ४०, निम्न माध्यमिक विद्यालयमा ७३ र माध्यमिक तहमा २६ विद्यालयमा दरबन्दी र राहत शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लिलाधर बवालले बताउनुभयो।
जिल्लामा प्राथमिक तहमा भन्दा निम्न माध्यमिक र माध्यमिक तहमा शिक्षक दरबन्दी बढी आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार जिल्लामा प्रावि तहमा राहततर्फ ३ सय ५६, निम्न मावि तहमा १०० र माध्यमिक तहमा ६२ शिक्षक रहेका छन्। जिल्लामा प्राथमिक विद्यालय २ सय ८७, निमावि ८७ र मावि ७३ रहेका छन्।











प्रतिक्रिया