मृत्युमा भेदभाव किन ?

0
Shares

– जितु नेपाल (हास्य अभिनेता)
हेलिकोप्टरमा ३ जनाको मृत्य हुँदा सरकारले दुःख व्यक्त गर्छ। छानबिन आयोग गठन हुन्छ, प्रतिवेदन प्रस्तुत हुन्छ। तर बस, ट्रक, ट्याक्टर दुर्घटनामा बीसौं जनाको मृत्यु हुँदा न कसैको वक्तव्य, सरकार र सम्बन्धित निकायबाट न कुनै छानबिन समिति गठन, न कुनै दुःख व्यक्तरु खालि यति मरे, यति घाइते भए भनेर समाचार आउँछ, सकियो।

प्लेन र हेलीकोप्टर दुर्घटनामा मृत्यु हुनेहरूको सरकारले बेवास्ता गरोस् भन्न खोजेको होइन, तर दुर्घटना त दुर्घटना नै हो निरु जे दुर्घटनामा परेर मरे पनि मर्ने त आखिर मान्छे नै हुन् निरु उडाइ र गुडाइको मृत्युमा किन यत्रो भेदभावरु हरेक गाडी दुर्घटनामा किन छानबिन हुँदैनरु दुर्घटनाको कारण पत्ता लगाउन किन आयोग गठन हुँदैनरु नेपालका बाटोहरूको अनुगमन किन हुँदैनरु बाटो नबन्दै गाडी गुडाउन अनुमती किन दिइन्छरु बाटोअनुसारको उपयुक्त गाडी किन छनौट हुँदैनरु सार्वजानीक सवारी चलाउने चालकलाई लाइसेन्स लिने बेलामा घटीमा पनि एक हप्ता क्लास लिएर मात्र लाइसेन्स दिनुपर्छ। धेरैजसो दुर्घटना चालकको लापरबाहीकै कारण भएका छन्। लाइसेन्सको ट्रायल लिँदा पार्किङ गरे पुग्छ। बाटोमा चलाउनुपर्दैन। सबै चालक कुनै न कुनै पार्टीका संगठनका सदस्य हुन्छन्। चालकका लापरबाहीका कारणले ५०औं जनाको मृत्यु हुन्छ। तर चालक हप्ता दिनभित्रमै छुटेर सानले फेरि त्यही रुटमा गाडी हाँकेर हिँडिरहेको हुन्छ। किनकि उसलाइ पार्टी र नेताको साथ हुन्छ।

मैले सबै चालक यस्तै छन् भन्न खोजेको होइन, राम्रा र इमानदार चालक पनि छन्। तर यस्ता चालकहरू आफै पीडित छन्। यदि यस्तै भइरहने हो भने हरेक दिन जोखिमपूर्ण यात्रा गर्नु र मर्नुबाहेक दुर्गमका जनताहरूको अर्को उपाय छैन।

मन्त्रिपरिषद्को बैठकमा यस्ता विषय खासै उठ्दैनन्। किनकि मन्त्रीहरूलाई आप्mनै क्वार्टरको चिन्ता छ। सुविधा कम होला कि भन्ने चिन्ता छ। दैनिकजसो दुर्घटनाको समाचार सुन्दा दुःख लागेर आउँछ, आँखा रसाउँछ। कठै अकालमा ज्यान गुमाउनेहरू तपाईंहरूको आत्माले शान्ति पाओस्, भावपूर्ण श्रद्धाञ्जली। मृतकका परिवार, आफन्तप्रति गहिरो समवेदना। हामीले के गर्न सक्छौं ररु गर्न सक्ने यही हो। यस्ता कुरा सम्बन्धित निकायमा पुगोस् र ध्यान जाओस्।