प्रियंकालाई माफी दिए सलमानले

0
Shares

बलिउडमा यो भनाइ प्रख्यात छ कि नायक सलमान खान एकपटक कसैसँग रिसाए भने उनलाई मनाउन निकै कठिन छ। नायिका प्रियंका चोपडाले सलमानको फिल्म भारतको सुटिङ शुरू गरेको केही दिनमा नै छोडेकी थिइन्।

त्यसपश्चात् सलमान खानले प्रियंकाप्रति आफ्नो बेखुसी प्रकट गरेका थिए। भर्खरै प्रियंकाले मुम्बईमा आफ्ना साथीहरूका लागि एक रिसेप्सन पार्टीको आयोजना गरिन्। त्यहाँ उनका कयौं साथीहरू शुभकामना दिन आएका थिए। तर त्यहाँ सलमान खान पनि देख्दा भने सारा मानिसहरू अचम्मित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रियंकाले आफ्नो विवाहको कारण देखाउँदै फिल्म छोडेकी थिइन्। यसलाई लिएर सलमानले विवाहका लागि फिल्म छोड्नु के जरुरी थियो र विवाहको तयारी त दिनमा हुन्छ भनेका थिए। तर उनकै पार्टीमा सलमानसमेत देखिँदा मानिसहरू सोचिरहेका छन् कि प्रियंकाका लागि सलमानले आफ्नो रिस काबुमा लिए।