आप्पाका लागि नाचे दयाहाङ

0
Shares

आगामी जेठ महिनामा रिलिज हुने फिल्म आप्पाको गीत अहिले नै सार्वजनिक गरिएको छ। बाबु छोराको कथामा आधारित फिल्मको गीत हालै सार्वजनिक गरिएको हो।
फिल्मको हावा सरर बोलको गीत सार्वजनिक गरिएको हो। फिल्ममा अभिनेता दयाहाङ राई आप्पा ९बुवा०को भूमिकामा छन्। सार्वजनिक गीतमा अभिनेता राई नै देखिएका छन्। उनका साथमा अन्य कलाकार पनि यो जर्नी सङमा फिचर्ड गरिएका छन्। गीत नेपाल र भारतको सीमा सन्दकपुरमा छायांकन गरिएको छ। अनमोल गुरुङको संगीत र उमेश उपमाको शब्द रचना रहेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाले स्वर दिएका छन्।

फिल्मको निर्देशन अनमोल गुरुङले गरेका छन्। यो उनको डेब्यु निर्देशनको फिल्म हो। फिल्ममा दयाहाङका साथमा सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकार प्रमुख भूमिकामा छन्। अर्को वर्षको जेठ २४ गते रिलिज हुने फिल्म माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा रुदेन सदा लेप्चाले निर्माण गरेका हुन्। फिल्ममा निर्देशक गुरुङको कथा, उनका साथामा उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ।