आईपिपुल्स र नेरिक फाइनलमा


काठमाडौं, (नेस)
पिपुल्स एकेडेमी र नेरिक दोस्रो एन प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
चाबहिलस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको सेमिफाइनलमा पिपुल्सले माउन्ट कैलाशलाई ४०–२८ ले पराजित ग¥यो। टोलीको जितमा संकेत केसीले १६ अंक योगदान गरे। राजन खत्रीको २० अंक सहयोगमा नेरिकले युनिभर्सललाई ५४–३६ ले हरायो।