प्रदेश ३ बक्सिङ छनोट पूरा


काठमाडौं, (नेस)
गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट पूरा भएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटको पुरुषतर्फ ४९ केजीमा मदनकृष्ण डंगोल, ५२ केजीमा मिङमार ग्याल्जेन शेर्पा, ५६ केजीमा आदित्य कर्माचार्य, ६० केजीमा सनिल शाही, ६९ केजीमा अनिश डंगोल, छनोट भए।
उनीहरु सबलेै काठमाडौंबाट प्रतिनिधित्व गरेका हुन्। त्यस्तै अन्य छनोट हुनेमा ७५ केजीमा चितवनका दिवशलाल भूमि तथा ८१ केजीमा ललितपुरका सौजन थापा रहेका छन्।
महिलातर्फ भने पाँचै विधामा काठमाडौंकै खेलाडी छनोट भएका छन्। ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा रोसनी राई, ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक हुन्।