सूर्य नेपाल इस्टर्न ओपन बिहीबारदेखि

0
Shares

काठमाडौं, (नेस)
धरानमा बिहीबारदेखि सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता हुने भएको छ।
पुष १४ गतेसम्म चल्ने प्रतियोगिता तीन चरणको हुनेछ। प्रतियोगितामा धरानका ४ स्थानीय गल्फरसहित ३४ व्यवसायिक गल्फरले सहभागिता जनाउनेछन्।
विजेताले १ लाख २० हजार र दोस्रो हुनेले ७७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो स्थानको खेलाडीलाई ५५ हजार नगद दिइनेछ।