एनएनआईपीए अवार्डलाई आदर्श समाजको साथ


काठमाडौं, (नेस)
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआईपीए० द्वारा पुस १३ गते आयोजना हुने एनएनआईपिए स्पोर्ट्स अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ।
केन्द्रले अवार्डका लागि खेलाडी संघलाई वर्षको १ लाखको दरले तीन वर्षसम्म रकम उपलब्ध गराउने भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा संघका अध्यक्ष दीपक श्रेष्ठ र केन्द्रकी अध्यक्ष सपना लामाले मंगलबार हस्ताक्षर गरे।
सो रकममध्ये २५ हजार रूपियाँ एनएनआईपीए पत्रकारिता पुरस्कारका लागि छुट्याइने र बाँकी व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ। संघले एनएनआईपीए पत्रकारिता पुरस्कारमा १० हजार रूपियाँ बृद्धि गर्न लागेको हो। गत वर्षदेखि शुरु गरिएको यो अवार्डबाट श्याम चित्रकार १५ हजार नगदसहित सम्मानित भएका थिए।