सान टिम च्याम्पियन


काठमाडौं, (नेस)
भारतको मुम्बईमा यही पुष ७ र ८ गते सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० च्याम्पियन बनेको छ।
टिम काता र कुमेतुतर्फ गरी २० स्वर्ण र २ रजत हात पार्दै सान टिम च्याम्पियन भएको प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी गराएका हुन्। प्रतियोगितामा सोनिम मानन्धरले ३ स्वर्ण हात पारे। उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सिनियरतर्फको कातामा गरी ३ स्वर्ण हात पारेको मुम्बईबाट निर्देशक उप्रेतीले जानकारी गराए।