अष्ट्रेलियाबाट ७ वर्षे बालकले खेल्ने


मेलबर्न, (एजेन्सी)
अस्टे«लिया र भारतबीच मेलबर्नमा हुने तेस्रो टेस्ट एउटा कुराले ज्यादै चर्चित हुन थालेको छ। २६ डिसेम्बरदेखि शुरू हुने सो टेस्टमा अस्टे«लियाबाट खेल्ने नयाँ सदस्यका कारण चर्चा भएको हो। १५ सदस्यीय टोलीमा एक लेग स्पिनरलाई सामेल गराइयो जसको उमेर मात्र ७ वर्षको रहेको छ। आर्ची शिलर नामका ती बालकलाई अस्टे«लिया टोलीको उपकप्तान बनाइएको छ। टोलीका कप्तान टिम पेन हुन्।
आर्चीले जारी टेस्ट सिरिजअन्तर्गत एडीलेडमा भएको पहिलो टेस्टमै अस्टे«लियाली क्रिकेट टोलीसँग अभ्यास गरेका थिए। क्रिकेट अस्टे«लियाका अनुसार आर्चीलाई सो टेस्टमा सामेल गर्ने खबर एक महिनाअगाडि नै सार्वजनिक गरिएको थियो तर त्यतिबेला कसैले पनि विश्वास गरेका थिएनन्। उनलाई पहिलो खबर गर्नेमा कोच जस्टिन लेन्गर थिए। त्यतिबेला पाकिस्तानविरुद्ध युएईमा अस्टे«लियाको टोली रहेको थियो।