शिवराजमा राष्ट्रपति रनिङ शिल्ड


कपिलवस्तु, (नेस)
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ। कुल ३४ इभेन्टमा प्रावितर्फ ७, निमावितर्फ ५ र मावितर्फ ७ इभेन्टमा खेल प्रतियोगिता हुनेछ। निमावितर्फ छात्रछात्राको १ सय मिटर र २ सय मिटर दौडको सेमिफाइनल सम्पन्न भयो। यस्तै निमावितर्फ कबड्डी, लङजम्प र ४ सय मिटरको रिले दौड बाँकी रहेको खेल संयोजक पुरुषोत्तम भट्टराईले जनाए। मावितर्फ अझै भलिबल, कबड्डी, सटफुट, लङजम्प र ४ सय मटर रिले दौड बाँकी रहेको छ।