ग्रिनफिल्डलाई क्रिकेट उपाधि

0
Shares

काठमाडौं, (नेस)
ग्रिनफिल्डले दोस्रो एन प्याब्सन स्पोर्टस् मिटअन्तर्गत ब्वाइज क्रिकेटको उपाधि सोमबार जितेको छ। टुँडिखेलमा भएको फाइनलमा ग्रिनफिल्डले ग्रिनलान्सलाई १० विकेटले पराजित ग¥यो। तेस्रो स्थानका लागि भएको खेलमा एपेक्स लाइफले अभिषेक ज्ञान मन्दिर (एजीएम) लाई १० रनले हरायो। अंकुरका मन्दिप भुजेल ‘म्यान अफ सिरिज’ चुनिए भने ग्रिनलान्सका राम सुरत उत्कृष्ट ब्याट्सम्यान घोषित भए।