ज्ञान निकेतनमा बास्केटबल


मेलबर्न, (एजेन्सी)
अस्टे«लिया र भारतबीच मेलबर्नमा हुने तेस्रो टेस्ट एउटा कुराले ज्यादै चर्चित हुन थालेको छ। २६ डिसेम्बरदेखि शुरू हुने सो टेस्टमा अस्टे«लियाबाट खेल्ने नयाँ सदस्यका कारण चर्चा भएको हो। १५ सदस्यीय टोलीमा एक लेग स्पिनरलाई सामेल गराइयो जसको उमेर मात्र ७ वर्षको रहेको छ। आर्ची शिलर नामका ती बालकलाई अस्टे«लिया टोलीको उपकप्तान बनाइएको छ। टोलीका कप्तान टिम पेन हुन्।
आर्चीले जारी टेस्ट सिरिजअन्तर्गत एडीलेडमा भएको पहिलो टेस्टमै अस्टे«लियाली क्रिकेट टोलीसँग अभ्यास गरेका थिए। क्रिकेट अस्टे«लियाका अनुसार आर्चीलाई सो टेस्टमा सामेल गर्ने खबर एक महिनाअगाडि नै सार्वजनिक गरिएको थियो तर त्यतिबेला कसैले पनि विश्वास गरेका थिएनन्। उनलाई पहिलो खबर गर्नेमा कोच जस्टिन लेन्गर थिए। त्यतिबेला पाकिस्तानविरुद्ध युएईमा अस्टे«लियाको टोली रहेको थियो।

आर्चीलाई टोलीमा सामेल गर्ने अभियानअनुरूप भएको हो। ‘मेक अ विस अस्टे«लिया’ अभियानअनुसार नै ७ वर्षका बालक टोलीमा सामेल हुन गएको हो। आर्चीको अवस्था ज्यादै कठिन छ। उनको इच्छा अस्टे«लिया क्रिकेट टोलीको कप्तानी गर्ने र भारतीय कप्तान विराट कोहलीको विकेट लिनु हो।

आर्ची सानै उमेरदेखि मुटुको रोगी बनेका छन्। तीन महिना हुँदा उनको मुटुको रोग भएको पत्ता लगाइएको थियो। उनलाई दक्षिण अस्टे«लियाका न्युरिउट्वाबाट मेलबर्नमा शल्यक्रिया गर्न ल्याइएको हो। सो शल्यक्रियामा ७ घण्टाभन्दा बढी समय लागेको थियो। ६ महिनापछि आर्चीको मुटुमा फेरि धमनीमा समस्या देखापरेको थियो। उनलाई फेरि एकपटक उपचार गर्नुप¥यो। अघिल्लो डिसेम्बरमा उनको समस्या फेरि बल्झियो र उनलाई ओपन–हार्ट सर्जरी गरियो। परिवारलाई डर थियो कि यसपटक उनका छोरा बच्ने हुन् कि होइनन्। आर्चीकी आमा साराले क्रिकेट अस्टे«लियालाई बताइन्– ‘हामीलाई बताएको थियो कि जे पनि हुन सक्छ।’

साराका अनुसार आर्चीले आफ्नो स्कुललाई धेरै नै मिस गरेको छ। यदि तपाईंले ब्याटिङ या गोल अम्पायर बन्ने मौका गुमाएमा दोस्रो मौका मिल्ने छैन। एकदिन उ घर आयो र भन्यो– ‘मैले आफ्ना साथीलाई भेटाउन सकेन र ममा उनीहरुको पछाडि दौड्ने ऊर्जा थिएन। म त्यहीं बसें र किताब पढ्न थालें।’

साराले बताइन्– ‘मलाई यो मन निरास गर्ने कुरा बन्यो। जबकि उनले एक जिम्मेवार र परिपक्व निर्णय लिएको थियो। तर २०१८ को क्रिसमस आर्चीलाई खुसी लिएर आइरहेको छ।’

अस्टे«लियाका कप्तान पेनले बताए– ‘आर्ची र उनका परिवारले धेरै नै कठिन समय देखेका छन्। जब उनका बुबाले उनलाई के गर्न चाहन्छौ भनेर सोध्दा उनले अस्टे«लियाको कप्तान बन्न चाहने बताए। यस्तो एक व्यक्ति साथ हुँदा हाम्रो टोलीका लागि धेरै प्रेरणादायक बनेको छ। बक्सिङ डेमा हामी उनलाई मैदानमा उतार्ने कुराले ज्यादै उत्साहित छौं।’