सन्दीपको उत्कृष्टताले पनि टोलीले जितेन


मेलबर्न, (एजेन्सी)
नेपाली युवा बलर सन्दीप लामिछानेले अस्टे«लियामा भइरहेको बिग बास लिगअन्तर्गत दोस्रो खेलमा पनि उत्कृष्ट बलिङ गरेको छन्।
मंगलबार भएको खेलमा सन्दीपको सानदार बलिङ भए पनि उनको टोली मेलबर्न स्टार्सले हार बेहो¥यो। यो टोलीको दोस्रो हार थियो। मेलबर्न स्टार्सले छाडेको १ सय ५६ रनको लक्ष्य होबार्ट हरिकेन्सले ८ बल बाँकी राखेर ४ विकेटको क्षतिमा हात पा¥यो।
सन्दीपले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिएका थिए। उनले एलेक्स डुलान ९२ रन०, म्याथ्यु वाडे ९५२ रन० र बेन म्याकडर्मट ९२८ रन० को विकेट हासिल गरेका थिए। पहिलो खेलमा उनले २ विकेट हासिल गरेका थिए।